Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट दिपा दमन्ता र सृष्टी के सी बाहिरिए

हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को शोबाट दुइ जोडी बाहिरिएका छन। शोको नियम अनुसार जजको मत र दर्शकको भोटको आधारमा दिपा दमन्तासृष्टी के सी यो साता बाहिरिएका हुन्। दिपा दमन्ता , सुनिल बि के र सृष्टी के सी ,केशव थापाले जोडीको रुपमा हाल सम्म शोमा थुप्रै दमदार प्रस्तुति दिईसकेका छन। यो साता ज्योति मगर र लाउरे सिंह ,सृष्टी के सी र केशव थापा ,बुद्ध लामा र केविका खत्री ,देबान्शु बैदावा र सिदार्थ श्रेष्ठ,फुलंदेको आमा (उमेश राई ) र प्रमोद भण्डारी , दिपा दमन्ता र सुनिल बि के सहित ६ जोडी बटम सिक्समा परेका थिए। शोबाट बाहिरिदै गर्दा दिपा दमन्ताले ”दर्शकहरुले अत्यधिक माया दिएको ,डान्सिङ विथ दि स्टार्स नेपालमा एउटा परिवार जस्तै भएर बस्न पाएकोमा सबैलाई धन्यबाद दिईन” भने ”डान्सिङ विथ दि स्टार्स नेपाल’ मा आएर धेरै माया पाएको जहाँ आफुले धेरै चिजहरु सिक्न मौका पाएको भन्दै” खुशी साथ सृष्टी के सी शोबाट बिदा भईन। राम्रो प्रस्तुति र राम्रो अंक पाउदा पाउदै पनि दिपा दमन्ता र ,सृष्टी के सी जस्तो स्टारहरु शोबाट बाहिरिएकोमा निर्णायकहरुले दुख व्यक्त गरेका थिए। दिपा दमन्ता र ,सृष्टी के सी बाहिरिएसँगै अब शोमा ७ जना स्टार्स र उनीहरुको कोरियोग्राफर पार्टनरहरु  रहेका छन् । तिहार बिशेष रहेको यो साताको परफमेंस अफ द विक दिपा दमन्ता र सुनिल बि के को जोडीले पाउन सफल भएको थियो।

रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि