Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

प्रितम आचार्यको ‘म पागलसरि’मा रुपेश उप्रेतीको निर्देशन (भिडियो)

लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सा रे ग म प’का First Runner Up तथा चर्चित बाल गायक प्रितम आचार्यको सुमधुर आवाजमा रहेको ‘म पागलसरि’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ । संगीत संयोजन पनि शशि बिक्रम थापाले नै गरेका हुन् ।

भिडियोको छायाँकन र सम्पादन योगेन थापाले गरेका छन् भने निर्देशन रुपेश उप्रेतीको रहेको छ । एल.डी. बास्तोलाले निर्माण गरेको भिडियोको व्यवस्थापन तुला अधिकारीले गरेका छन् ।

भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोलाको अभिनय रहेको छ । भिडियो हाम्रो आफ्नै टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि