Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बजारमा आयो सुगम पोखरेलको ‘मायालु साबुन’

गायक सुगम पोखरेलको नयाँ गीत ‘मायालु साबुन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । भिडियोमा गायक सुगम पोखरेलको साथमा मोडल दीपक घिमिरे, पूजा गिरी, नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने पदम सुवेदीले यसलाई सम्पादन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि