Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

संचार तथा सुचना प्रविधि मन्त्री चलचित्र विकास बोर्डमा

शुक्रवार फिल्म क्षेत्रको बास्तविक समस्या र अहिलेको अवस्था बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग चलचित्र विकास बोर्डमा पुगेका छन् ।संचार मन्त्री सहित मन्त्रालयका सचिव र सह सचिव लगायतका टोलिले चाबहिलस्थित चलचित्र विकास बोर्डको अनुगमन गरेका हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्र प्रसाद साँखी, सदस्य नरेद्र महर्जनलगायतले मन्त्री गुरुङ्गलाई स्वागत गरेका थिए । बोर्डको अनुगमनमा पुगेका मन्त्री गुरुङ्गले बोर्डको नवरस सभा कक्षको उद्घाटन गरेका छन् । बोर्डले बैठक तथा तालिम र फिल्म सेन्सरको लागि नयाँ नवरस सभा कक्षको निर्माण गरेको हो ।

फिल्म क्षेत्र शुन्य अवस्थामा हुदाँ हजारौं फिल्मकर्मीहरु बेरोजगार हुनुपरेको भन्दै फिल्म क्षेत्रलाई बिशेष प्याकेज सहित तत्काल शुचारु गर्नुपर्ने हुदाँ यसको लागि आबश्यक सहयोग गर्न मन्त्री गुरुङ्ग समक्ष अनुरोध गरेका छन् ।

फिल्म बिधेयक पास नहुदाँ चलचित्र विकास बोर्डले नीति तथा योजनाहरु र कार्यन्वयन गर्न कठिनाई भएकोले तत्काल फिल्म बिधेयक पास हुनुपर्ने अध्यक्ष दाहालले बताए । छायाँकनका लागि नेपाल, प्रदेशमा छायाँकन स्थल, सामाजिक सुरक्षा कोष अन्तर्गत श्रमजीवि फिल्मकर्मीका लागि ब्यबस्थापनलगायतका योजनाहरु अघि बढेको पनि दाहालले जानकारी गराएका छन् ।

फिल्म प्रदर्शन नभएसम्म नयाँ फिल्म निर्माण नहुने र निर्माण नभएसम्म हजरौंको रोजिरोटी गुम्ने हुदाँ आबश्यक मापदण्ड सहित तत्काल हल खोल्नुपर्ने समेत अध्यक्ष दाहालले बताए । मन्त्रालयका सचिव हरी बश्यालले चलचित्र बिकास बोर्डले धेरै परिवर्तनहरु गरेको बाताउँदै वस्तुस्थितीमा देखिएका समास्याहरु मन्त्रलायको तर्फबाट समन्वय गर्दै समाधान गरिने बताएका छन ।
कोरोना भाइरसलाई परास्त गर्न फिल्म क्षेत्रबाट पनि भुमिका खेल्नुपर्ने मन्त्री गुरुङ्गले बताएका छन् । बोर्डको वारेमा बुझ्न आएको र समस्याको वारेमा पुर्ण रुपमा बुझेर यसको क्रमश समाधनका लागि सरकार तयार रहेको मन्त्री गुरुङ्गले बताएका छन् ।

तपाईको प्रतिक्रिया