Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘मनिषा कोइराला क्यान्सर एजुकेसन फन्ड’को स्थापना

अभिनेत्री तथा समाजसेवी मनिषा कोइरालाले क्यान्सर एजुकेसन फन्ड स्थापना गरेकी छन्। बिहीबार एक कार्यक्रमबीच ‘मनिषा कोइराला क्यान्सर एजुकेसन फन्ड’ नामक कोषको औपचारिक घोषणा गरेकी हुन् । क्यान्सर जितेकी मनिषाले ग्लोबल कलेजसँग सहकार्य गर्दै क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेको जानकारी दिईन। कोषले विभिन्न ठाउँका पीडितहरुलाई छनोट गरी ग्लोबल कलेजमा भर्ना दिइनेछ। क्यान्सरपीडित परिवारले ठुलो रकम उपचारमा खर्च गर्नु पर्ने, जसको कारणले उक्त परिवारको बालबच्चाले पढ्न लेख्न सहज रुपमा पाएका हुदैनन् । त्यस्ता पीडामा रहेका परिवारलाई सहयोग गर्न पाउनुमा आफुलाई गर्व महसुश हुने अभिनेत्री मनिषा कोइरालाले कार्यक्रममा बताइन।

तपाईको प्रतिक्रिया

...र यो पनि