Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

‘कमेडी च्याम्पियन सिजन २’ लगत्तै ‘डान्स मास्टर लिटल च्याम्स’

काठमाडौं । नेपालमा ‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी शो हुने भएको छ । १५ वर्ष मुनिका बालबालिकाले उक्त रियालिटी सोमा भाग लिन पाउने छन् । उक्त शो निर्देशक विशाल भण्डारीले निर्देशन गर्नेछन् । ‘कमेडी च्याम्पियन सिजन–२’ सकिए पछि उक्त शोे हुने भण्डारीले जानकारी दिए ।

शोको विजेताले २५ लाख, फष्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पाउने छन् । तर यो रकम उनीहरुले कोरियोग्राफरसँग ५०–५० प्रतिशत बाँड्नु पर्नेछ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम थ्रि–प्रोडक्सन र नेपा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

शनिबार थ्रि–प्रोडक्सनका तर्फबाट विशाल भण्डारी र राजकुमार घिमिरे तथा नेपा प्रोडक्सनका तर्फबाट रोहिया महर्जन र रिना महर्जनको उपस्थितीमा कार्यक्रम निर्माणका लागि सम्झौता भएको छ ।

 

तपाईको प्रतिक्रिया