Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

फिल्म ‘राधे’मा सलमानको दबंग भन्दा फरक भूमिका

बलिउड मेगा स्टार सलमान खान ‘राधे योर मोस्ट वान्टेड भाई’ फिल्मबाट बक्स अफिसमा धमाका गर्ने तयारीमा छन। सन् २००९ मा रिजिल ‘वान्टेड’ फिल्म बक्स अफिसमा सफल मात्र भएन सलमानको करिअरलाई नै चम्काई दियो । सोहि, फिल्म कै फरम्याट बनेको ‘राधे’मा सलमान फेरी एक चोटी कप ड्रामामा देखापर्दै छन। तर यो फिल्ममा सलमानको दबंगमा जस्तो चुलबुले पुलिसको भूमिका भने हुने छैन। जसरी सलमानको सफल सिरिज दबंगमा उनको चुलबुले भूमिकाले दर्शकलाई मनोरञ्जन दिए भने ‘राधे’ मा नी एक सिरियस पुलिस अफिसर जहाँ उनले आफ्नो डिउटीलाई एक दम गंभीरतापुर्वक लिने र दुश्मनलाई कुनै पनि हालतमा नछोड्ने भूमिकामा आउदै छन। तर ‘वान्टेड’मा जस्तै दर्शक लाई हसाउन मजाक गरिरहने भूमिका भने पक्कै हुने छ। फिल्मका निर्देशक प्रभुदेवाले भारतीय संचार माध्यममा भने, “फिल्ममा सलमान सरले ‘दबंग’को चुलबुल पाण्डे भन्दा फरक पुलिस अफिसरको भूमिका निर्वाह गर्नु भएको छ, सलमान सरको भूमिका दबंग बिपरित नबनाएको भए यो फिल्म दबंग कै सिकवेल जस्तो लाग्थ्यो।”

‘राधे योर मोस्ट वान्टेड भाई’ कोरोना महामारीका कारण रिलिज भने अन्यौलमा परेको अवस्थामा सलमान भने फिल्मलाई  डिजिटल प्लेटफर्ममा रिलिज नगरी सिनेमा घर खुलेपछि हल मै रिलिज गर्ने सोचमा छन ।

तपाईको प्रतिक्रिया

...र यो पनि