Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

निर्माता सुजन लामा गुरुङको ‘जीवन सुनमा सुगन्ध’मा सुरजको निर्देशन

राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जीवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स)को शब्द तथा संगीत रहेको छ। माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय तथा गायक समेत रहेका सुरज पौडेलले भिडियोलाई निर्देशन गरेका छन्। सुरजको यो पहिलो निर्देशकीय भिडियो हो। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो ओएसआर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो। भिडियोमा जुना गुरुङ र शान्तकारम थापा फिचर्ड छन्।

तपाईको प्रतिक्रिया

...र यो पनि