Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक

 चलचित्र ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण टिमले फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन्। सार्वजनिक पोष्टरमा नायिका सारा सिर्पालीनायक प्रितमराज सेन्चुरीको रोमान्टिक तस्बिर देख्न सकिन्छ । विगत २ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा द्वन्द निर्देशन गर्दै आएका अष्ट महर्जनको यो डेब्यू चलचित्र हो । प्रेमकथामा निर्माण भएको ‘गुञ्जन’मा आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव लगाएर फिल्मलाई राम्रो बनाउने कोशिस गरेको निर्देशक अष्ट महर्जनले बताए।

फिल्ममा सारा र प्रितमराजको संगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहनी शाही लगायतको अभिनय छ भने प्रितमराज सेन्चुरी पनि यसै फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन।

तपाईको प्रतिक्रिया

...र यो पनि