५३ वर्षीय बलिउड अभिनेता आसिफ बसराले गरे आत्महत्या

यो बर्ष बलिउडको लागि निकै दुखद बर्ष बन्दै गएको छ। एकातिर कोविड माहामारी संग लड्नु परिरहेको छ भने अर्कोतिर कलाकारहरुको मृत्युको क्षति बेहोर्न परिरहेको छ। इरफान खान ,ऋषि कपुर ,सुशान्त सिंह राजपुत जस्ता ठुला हस्तीहरु यो बर्ष संसारबाट बिदा भएका छन यसै, क्रममा हालै बलिउड अभिनेता आसिफ बसराको मृत्यु भएको छ। ५३ वर्षीय आसिफले आफ्नै घरमा बिहीबार आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनी हिमाञ्चल प्रदेशको धर्मशालामा भाडाको घरमा बस्दै आएका थिए । विहीबार बिहान ११ः३० मा उनले आत्महत्या गरेको र उनि डिप्रेशनको शिकार रहेको पनि खुलेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘ब्ल्याक फ्राइडेु’, ‘वन्स अपन अ टाइम इन मुम्बईु’, ‘काइ पो चे’ जस्ता बलिउडका फिल्ममा अभिनय गरिसकेका अभिनेता आसिफले हलिउड फिल्म ‘आउटसोर्स’ मा पनि काम गरिसकेका छन्।
थप समाचार

तपाईको प्रतिक्रिया