१० वर्षपछि बलिउडमा कमब्याक गर्दै तनुश्री दत्ता

सन् २०१८ मा ‘मि टू’को मुद्दा उठाएर एक्कासी चर्चामा आएकी बलिउड अभिनेत्री ‘तनुश्री दत्त’ फेरि बलिउडमा कमब्याक गर्दैछिन् । उनी स्वयम्ले आफु पुन फिल्म उद्योगमा प्रवेश गर्न लागेको कुरा सामाजिक सञ्जाल मार्फत बताएकी हुन् । ‘मि टू’ अभियानमा नाना पाटेकर र गणेश आचार्यले अश्लिल व्यवहार गरेको आरोप लगाएदेखि नै उनी सामाजिक सञ्जालमा सक्रिय छिन् । लामो समय फिल्मी क्षेत्रबाट टाढा रहेकी तनुश्री दत्ताले सामाजिक सञ्जालमा लामै नोट लेखेर आफ्नो पुनः आगमनको घोषणा गरेकी हुन् ।
तनुश्रीले आफ्नो पोेस्टमा लेखेकी छिन् कि उनले बलिउडमा पुनः प्रवेशको लागि आफ्नो शरिरको तौल १५ किलो घटाएकी छिन् । इन्स्टाग्राममा एक फोटो पनि शेयर गरेकी छिन् जसमा उनको तौल पहिलेभन्दा कम नै देखिएको छ । उनले यो पनि लेखेकी छिन् कि बलिउडमा केहि नराम्रो व्यक्तिहरु र तनावका कारण आफुले बाटो बिराएको तर अब फेरि कलाकारिता करियरमा फर्कन चाहन्छु ।
साथै उनी थप्छिन्, “मलाई फिल्म र वेवसिरिजमा काम गर्नको लागि राम्रो अफरहरु आइरहेकाछन् । यस उद्योगका केहि शक्तिशाली व्यक्तिहरुले पनि मलाई चुपचाप साथ दिईरहेकाछन् किनभने उहाँहरुलाई वास्तविकता थाहा छ र मेरो शुभचिन्तकहरु हुनुहुन्छ । केहि ठूला प्रोडक्सन हाउसहरुसँग पनि मुख्य भूमिकाका लागि कुरा चलिरहेको छ तर महामारीका कारण छायाँकनको मिति अनिश्चित नै छ । तसर्थ, अहिले कुनै पक्का घोषण गर्न सकिरहेकी छैन ।”
थप समाचार

तपाईको प्रतिक्रिया