Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

क्यान्सर पछि फिटनेसमा काम गर्दै संजय दत्त, ‘के जी एफ च्याप्टर २’को एक्सन सिनहरुमा धमाका गर्ने तयारी

बलिवुड नायक संजय दत्तले हालै क्यान्सर जस्तो भयानक रोग माथि विजय हासिल गरेका छन। हाल उनको हातमा थुप्रै फिल्महरु पाइप लाइनमा छन जसमध्ये बहुप्रतिक्षित फिल्म ‘के जी एफ च्याप्टर २’ पनि एक हो। नायक संजय दत्त क्यान्सरबाट मुक्त भए पछि उनको शारीरिक फिटनेस माथी प्रश्न उठ्न थालेको थियो। ‘के जी एफ च्याप्टर २’ लगायत का चलचित्रहरुमा उनले अब एक्सन गर्न नसक्ने वा जीवनमा कहिले एक्सन गर्न सक्दैन् भन्ने समेत हल्ला चलेको थियो। ‘के जी एफ च्याप्टर २’ का मेकर्सहरु फिल्मका धेरै एक्सन सिनहरु हटाउन पर्ने भन्दै डराएको अवस्था थियो भनेर भारतीय संचार माध्यममा उल्लेख छ । तर नायक दत्तले सधै जसो मुस्किलको घडीमा आफुलाई साबित गर्दै अहिले आफ्नो फिटनेसमा काम गरिरहका छन। उनि आफ्नो फिल्महरुमा कुनै प्रकारको सम्झौता गर्न चाहदैनन्। ‘के जी एफ च्याप्टर २’ को सबै एक्सन सिनहरुमा धमाका गर्ने तयारी नायक दत छन।

‘के जी एफ च्याप्टर २’ को मुख्य कलाकार यशले संजय दत्त जस्तो फुर्तिल्लो स्टार आफुले कहिले जीवनमा नदेखेको, ‘के जी एफ च्याप्टर २’ मा नायक दत्तको एक्सनले सिनेमा घरहरुमा धमाका मचाउछ भन्दै प्रतिक्रिया दिएका छन। नायक संजय दत्त ‘केजी एफ च्याप्टर २’ मा ‘अधिरा’ नामक भिलेनको भूमिकामा देखापर्दैछन, केहि समय अगाडी उनको भूमिकाको फस्ट लुक सार्वजनिक गरिएको थियो।

तपाईको प्रतिक्रिया

...र यो पनि