चलचित्र ‘साईली’ यूट्यूबमा सार्वजनिक(भिडियो)

गत बर्ष हलमा रिलिज भएको चलचित्र ‘साईली’ यूट्यूबमा सार्वजनिक गरिएको छ। गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘साईली’ लाइ दीपावलीको अबसरमा यूट्यूबमा रिलिज गरिएको हो । रामबाबु गुरुङको लेखन र निर्देशनमा रहेको चलचित्रले माया प्रेम, परिवारमा गरिबीले उत्पन्न हुने समस्यालाई चलचित्रमा देखाइएको छ ।
गायक हेमन्त रानाको गीत ‘साईली’लाई दर्शकले अत्याधिक रुचाइएपछि गायक राना र नायक गौरव पहारी मिलेर ‘साईली’ चलचित्र निर्माण गरेका थिए ।
थप समाचार

तपाईको प्रतिक्रिया