Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

आशिष र श्रापसहितको देउसी गीत सार्वजनिक (भिडियो)

जून भिजन इन्टरटेन्मेन्टको प्रस्तुतिमा देउसी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा ६ जना गायकहरुले स्वर दिएका छन् । गाायकहरुमा गरु भाई फकिर, कृष्ण राज भण्डारी, सबिन लिम्बु, देब कुमार मगर, धन खालिङ राई र सडज लिम्बु सम्बाहाम्फे छन् । गीतको शब्द र संगीत गरु भाई फकिरको रहेको छ भने एरेन्जरमा सबिन लिम्बु छन् । भिडियोलाई धन खालिङ र सनम तामाङले खिचेका हुन् र सुरज काफ्लेले सम्पादन र निर्देशन गरेका हुन् ।

प्रायः देउसी गीतहरुमा आशिष दिने चलन छ । तर यो गीतको विशेषता भने यस गीतको शब्दहरुमा आशिषका साथसाथै श्राप पनि समावेश गरिएको छ । श्राप भने देश बिगार्ने तत्व तथा पात्रहरुलाई दिइएको छ ।

यस्ता छन् ती शब्दहरुः
भ्रष्टाचारीलाई कोरोना लागोस्
घुसखोरीको भुँडी नै फुटोस्
देश बेच्नेलाई हैजाले लगोस्
देशद्रोहीलाई पहिरोले पुरोस्
पापी नेतालाई बाढीले लगोस्
बलत्कारीलाई बाघैले खाओस्, सर्पैले डसोस्

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि