Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

आँचल र उदिप फिल्म निर्माण गर्ने तयारीमा

भारतीय चलचित्र क्षेत्रमा ठुला तथा साना कलाकारहरु समेत आफ्नो ब्यानरमा चलचित्र निर्माण गर्ने आजकल परम्परा जस्तै भैसक्यो। आफ्नै ब्यानरबाट चलचित्र बनाउँदा भविष्य पनि सुरक्षित हुने वुझाई धेरैको भएकै कारण नेपाली चलचित्र क्षेत्रका भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, जस्ता कलाकारहरुले आफ्नै ब्यानरमा चलचित्र निर्माण गरिसकेको अवस्था छ। हालै नायिका आँचल शर्माले पनि चलचित्र बनाउने तयारी थालेकी छिन् । आँचल र उदिपले निर्माण गर्ने चलचित्रको निर्देशन गर्ने अफर मिलन चाम्सलाइ आएको स्वयम् मिलनले स्वीकारेका छन्।

उनले भने ”चलचित्रमा लगानी गर्ने सोच उदिप र आँचल दुबैको छ ,समय लागे पनि नहतारी राम्रो चलचित्र निर्माण गर्ने पक्षमा दुवै जना छन’‘। हाल निर्देशक मिलन चाम्सको हातमा तीन वटा चलचित्रहरु पाइपलाइनमा रहेका कारण यी तीन चलचित्र नसकेसम्म आँचलको चलचित्रको काम सुरु गर्न गाह्रो पर्ने पनि मिलनले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया