Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

आमिर खानको फिल्म ‘लालसिंहचड्ढा’मा साहरुखको केमियो

किङ्ग खान साहरुख खान यति बेला आफ्नो कम्ब्याक चलचित्र ‘पठान’ का कारण चर्चामा छन। तर, यसको आधिकारिक घोषणा भने भएको छैन । यसैविच, साहरुखले २ वटा चलचित्रमा केमियो भूमिका निर्वाहा गरिसकेका छन् जस मध्ये नायक आमिर खानको बहुप्रतिक्षित फ़िल्म ‘लाल सिंहचड्ढा’ मा हालै साहरुखले आफ्नो ‘केमियो’ भूमिकाको शूटिंग पुरा गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘लालसिंहचड्ढा’ आमिर खानको नया चलचित्र हो जसको हाल छायांकन भैरहेको छ । आमिर खान र करिना कपुर मुख्य भूमिका रहेको फिल्म ‘लाल सिंहचड्ढा’ टॉम हैंक्स अभिनीत हॉलिवुड फिल्म ‘फॉरेस्ट गम्प’ को हिन्दि अडैप्टेशन हो।

भारतीय संचार मध्यमका अनुसार किङ्ग खानले आफ्नो भागको शूटिंग पुरा पुरा गरेपछि नायक आमिर संग धेरै बेर सम्म सेटमा समय बिताएको र आज पनि २ खानको मित्रता बलियो बनिरहेको  पनि उल्लेख गरेका छन।

तपाईको प्रतिक्रिया

...र यो पनि