Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘लुट २’ पछि ‘जिन्दाबाद’ निर्देशन गर्ने तयारीमा निश्चल बस्नेत

निर्देशक निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रको सिनेमा बनाउने धार परिवर्तन गराउने निर्देशक भनेर चिन्ने गरिन्छ। नेपाली चलचित्र क्षेत्र संकटकाल लगाउने तयारीमा भैरहदा ‘लुट’ जस्तो फरक धारको फिल्म बनाएर उनले नेपाली चलचित्र क्षेत्रलाइ जोगाएका थिए । ‘लुट’ फिल्मले दर्शकको मन मात्र जितेन निश्चल राता रात  सेलिब्रिटी निर्देशक पनि बनेका थिए। ‘लुट’,’टलकजंग भर्सेस टुल्के’ जस्ता फिल्मबाट तारिफ कमाएका निश्चल ‘लुट २’ निर्देशन गर्दा भने सोचे जस्तो सफल हुन सकेनन। आफुलाई चित बुज्दो राम्रो कथा बस्तु नपाए सम्म फिल्म निर्देशन गर्न नचाहने बताउने निश्चल अब भने नया फिल्म निर्देशन गर्ने तयारीमा जुटेका छन। सफल लेखक बुद्दिसागरको लेखनमा बन्न लागेको फिल्म ‘जिन्दाबाद’ बाट निश्चल निर्देशनमा फर्किदैछन् । फिल्मको स्किृप्टमा हाल काम भैरेह्को छ भने कथा बस्तु के हो , कलाकार को को हुनेछन् भन्ने पनि टुंगो लागेको छैन।

अधिकांश दर्शकहरुले निश्चलले फिल्म निर्देशन नगरीदिदा राम्रो फिल्म हेर्न नपाएको गुनासो पनि गर्ने गरेका छन।

तपाईको प्रतिक्रिया

...र यो पनि