Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

अक्षयको फिल्म ‘लक्ष्मी’ले दर्शकको मन जित्न सकेन

बलिउड नायक अक्षय कुमारकियारा आडवाणीको बहुप्रतिक्षित फिल्म ‘लक्ष्मी’ ले दर्शकको मन जित्न सकिरहेको छैन । नायक अक्षय कुमार अभिनित हरर कमेडी चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ मा डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारबाट रिलिज गरिएको थियो। चलचित्र हेर्ने अधिकांश दर्शकले फिल्मलाई निकै खराब प्रतिक्रिया दिएका छन् । साउथ चलचित्र ‘कञ्चना’को रिमेकको रुपमा बनेको फिल्मले दर्शकलाई मनोरञ्जन दिन नसकेको कारण चलचित्रको  कमजोर पटकथालाई  मानेका छन । सामाजिक सञ्जालमा फिल्मलाई लिएर मिम र ट्रोलहरु भइरहेका छन् । भारतीय फिल्म समिक्षकहरुले पनि चलचित्रबाट आफुहरु निराश भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि