Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुने

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल सरकारले कोरोनाका कारण २५ जना भन्दाबढी भेला नहुनु भनी सुचना दिएपछी निर्माण टिमले कार्यक्रम रोकेका थिए। कोरोना महामारीका कारण केहि महिना प्रशारण रोकिएकोमा अब भने हिमालय टेलिभिजनबाट प्रशारण हुने जानकारी कार्यक्रमका निर्देशक तथा कलाकार कुमार कट्टेलले दिएका छन् । ‘सक्किगोनी’ आगामी मंसिर २५ गते देखि हरेक बिहिबार राति ८ बजे हिमालय टेलिभिजनबाट हेर्न सकिन्छ भने, युट्युबमा बिहिबार राति नै ९ बजे ओ.एस.आर. डिजिटल युट्युब च्यानलबाट हेर्न सकिन्छ।

राजधानीमा गरिएको एक कार्यक्रममा बोल्दै निर्देशक कुमार कट्टेलले भन्छन्, ”पछिल्लो समय टेलिभिजन कन्टेन्टमा हिमालय टेलिभिजनले गरेको लगानी र प्राथमिकताबाट प्रभावित भएर कार्यक्रमलाई अझ उचाईमा लग्न हिमालय टेलिभिजनसँग सहकार्य गरेको हौं ।”

‘सक्किगोनी’ निर्माण टिमले करिब ५२ हप्ता हिमालय टेलिभिजनबाट प्रशारण  गर्ने  सम्झौता गरेको छ । जे पी टि क्रिएसनको निर्माण रहने यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि