Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘आइसक्रिम’ले जित्यो उत्कृष्ट बाल कलाकार र सम्पादन विधामा अवार्ड

नेपाली सर्ट फिल्म ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा दुई विधामा अवार्ड जितेको छ । फिल्मले उत्कृष्ट बाल कलाकार र सम्पादन गरी दुई विधामा अवार्ड जितेको निर्देशक संगीता श्रेष्ठले जानकारी दिइन् । फिल्ममा योगिशा खत्रीको मुख्य भूमिका रहेको छ भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

फेस्टिभलमा बेस्ट फिल्म, बेस्ट डाइरेक्सन र बेस्ट स्क्रिनप्ले विधामा पनि ‘आइसक्रिम’ मनोनयनमा परेको थियो । सडकमा माग्दै हिंड्ने आफ्नो आमाले सिकाए अनुसार पैसा मागेर हिंड्ने एक सडक बालिकाको कथा हो ‘आइसक्रिम’ । आफ्नो उमेर समुहका बालबालिकाहरु रमाएको देख्दा आफूलाई पनि रमाउने रहर उसमा हुन्छ तर उसँग सामथ्र्य हुँदैन । रहरलाई दबाउनु उसको बाध्यता हुन्छ । फिल्ममा छोरीहरु यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको र यस किसिमको अपराधबाट बचाउने उद्देश्यले फिल्म बनाएको संगीता बताउँछिन् ।

‘आइसक्रिम’ अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, बेलायतको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा छनौट भइसकेको छ ।

निर्देशक संगीता श्रेष्ठले फिल्म समेत निर्देशन गरिसकेकी छन् । ‘कथा काठमाण्डू’ बाट उनले फिचर फिल्म निर्देशनमा हात हालेकी थिइन् । यसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । उनी सञ्चारकर्मी समेत हुन् । उनले फिल्मसँगै सयौँ म्यूजिक भिडियो, वृत्तचित्र तथा शर्ट फिल्महरु निर्देशन गरेकी छन् ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि