Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

सुशान्त सिंह राजपूत मृत्यु मामिलामा अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा

बलिउड अभिनेता अर्जुन रामपालको घरमा लागु औषध ब्युरोले छापा मारेको छ । मुम्बई स्थित रामपालको घरमा आज बिहान एनसीबीका अधिकारीहरु छापा मार्न गएका हुन्। एनसीबीका अधिकारीहरुले रामपालको घर संगै अन्य उनको ठेगानाहरुमा पनि छापा मारेका थिए। सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन सार्वजनिक भएपछी लागु औषध ब्युरोले थुप्रै बलिउड कलाकारहरु माथि कारवाही तीब्र रुपमा अगाडी बढाएको थियो। अघिल्लो महिना रामपालकी प्रेमिका गेब्रिएलाका भाइ एगिसियालोस डिमिट्रीडेसलाई ड्रग्स केसमा एनसीबीले पक्राउ गरेको थियो जसबाट ‘हशीष’ र ‘एल्प्राजोलम’ नामक लागु औषध बरामत गरेको थियो।

एनसीबीले आज बिहानै बलिउड निर्माता फिरोज नाडियाडवालाको घरमा पनि छापा हानेको थियो । फिरोजको घरबाट गाँजा बरमद गरेपछि उनकी श्रीमतीलाई पक्राउ गरिएको थियो। सुशान्त सिंह राजपूत मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन अन्तरगत यो भन्दा पहिले दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर र रकुल प्रीत सिंह संग ब्युरोले सोधपुछ गरिसकेको छ भने रिया चक्रवर्तीलाई सशर्त जमानत गरिसकेको छ।

तपाईको प्रतिक्रिया