Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

यो कस्तो गीत ? भन्दै पुण्य गौतम, गायिका सिर्जनाको प्रतिक्रिया यस्तो

पुण्य गौतम, जसको नाम सुन्ने बित्तिकै कति मुस्काउछन्, कतिले नाक खुम्चाउछन् । पुण्य आफुलाई युट्युब सेलिब्रेटी भन्न रुचाउँछन् । आफुलाई जानकारी भएको विषयमा पनि बोल्ने अनि जानकारी नभएको विषयमा पनि चम्की चम्की, उफ्री उफ्री बोल्ने र पत्रकारहरुको प्रश्नलाई ठट्यौली पारामा जवाफ फर्काउने शैलीको कारण उनी चर्चामा छन् । अहिले भने गायिका सिर्जना खत्री र मिस्टर आर.जे.को ‘मेरो एक्सको छम्मा’ भन्ने गीतको बारेमा टिप्पणी गर्दै पुण्यले विभिन्न युट्युब च्यानलहरुमा ‘यस्तो पनि गीत हुन्छ ? गीत पनि के-के हो’, भनेर गीत तथा गीतका सर्जकहरुलाई नानाथरीका लाञ्छना लगाउँदै हिंडेका छन् । गीत-संगीत के हो भनेर सर्जकहरुलाई सिकाउन थालेका छन् । यद्यपि गीतका केहि शब्दहरुलाई लिएर दर्शकस्रोताहरुको पनि फरक मत रहेको छ । तर, गौतम भने एकोहोरो रुपमा गीतलाई खेदो खन्न लागिपरेको देखिन्छ ।

पुण्यले गीतका सर्जकहरुलाई साइबर क्राइममा उजुरी दिएर हिरासतको हावा खुवाउने भिष्म प्रतिज्ञा नै गरेका छन् । तर, केहि दिन अगाडि भने उनी आफै हिरासतको हावा खान छिरेका थिए । उनको प्रश्न जायज हो या नाजायज, यो त दर्शकहरुको हातमा छ तर पुण्यको आक्रामक शैलीलाई गायिका सिर्जना खत्रीले सामान्य रुपमा लिंदै आएको देखिन्छ । पुण्यले गीतको बारेमा बोल्दै गरेको भिडियोमा सिर्जनाले टिकटक बनाएकी छिन् । यो समाचार तयार गर्दैगर्दा उक्त भिडियोको भ्युज ३ मिलियन पुगिसकेको छ । भिडियोलाई सिर्जनाले रमाइलोको रुपमा हेरेको देखिन्छ । उल्टै सिर्जनाले पुण्यलाई Thanks for supporting भनेर लेखेकी छिन् ।

 

तपाईको प्रतिक्रिया