Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

सिताराम कट्टेल (धुर्मुस) आफ्नै प्रतिमा बन्दा चकित परे

हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) यति बेला हर्षित अनि भावुक भएका छन। ३ करोड नेपाली जनताको मुटुको ढुकढुकी बन्न सफल सिताराम भावुक हुनुको कारण हालै भरतपुर ४ (धारापानी) निवासी चित्र बहादुर श्रेष्ठले उनको मुर्ति निर्माण गरेकोले हो। चित्र कुमार श्रेष्ठले चर्चित हाँस्यटेलिसिरिअल ‘मेरी बास्सै’ को ‘धुर्मुस’ चरित्रको प्रतिमा निर्माण गर्नु भएको हो। सामाजिक संजालमा उक्त मुर्तिको फोटो पोस्ट गर्दै सिताराम लेख्छन ”भरतपुर ४ निवासी ८१ वर्षिय खेमलाल तिवारी बुबाले रंगशालालाई सहयोग गर्छु भन्नू भएको छ । खुट्टा फ्याक्चर भएको छ घरमा आइदिए आभारी हुनेथिए भनेर समाचार पठाएपछि बुबाको घरमा पुग्दा उहाको छोराले यहाँ नजिकै एउटा भाइले हजुरको मुर्ती बनाउनु भएको छ । त्यो मुर्ती मैले घरमा किनेर ल्याउछु भनेको छु हेर्न जाउ भनेपछि उत्साहले चित्रकार चित्र बहादुर श्रेष्ठको घरमा पुगेका थियौ । उहाले कुद्नु भएको धुर्मुस चरीत्रको प्रतिमा देख्दा म आफै पनि चकित परें, उच्च सम्मान छ भरतपुर ४ (धारापानी) बसोबास गर्नुहुने चित्र कुमार श्रेष्ठ ज्यु को यो कलालाई ।”

तपाईको प्रतिक्रिया

...र यो पनि