Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘मुस्ताङको स्याउ खान आउनुस्, गाला रातो बनाउनुस्’ भन्दै बिन्दास मुडमा राजेश हमाल

महानायक राजेश हमाल नेपाली चलचित्र क्षेत्रको सर्वाधिक चर्चित नायक हुन्। उनको जस्तो स्टारडम आजसम्म नेपाली चलचित्रमा कुनै पनि नायकले पाउन सकेका छैन। नायक हमाल हाल चलचित्र क्षेत्रबाट विश्राम लिएको अवस्था भएता पनि हरेक दिन जस्तो उनको चर्चा हुने गर्दछ । मजाकिया मिजाजको नायक हमाल आफू माथी भएको चुट्किला सुनाएर समेत रमाइलो गर्न पनि पछि पर्दैनन् ।

हालै उनले आफ्नो सामाजिक संजाल मार्फत एउटा मज्जेदार भिडियो पोस्ट गरेका छ्न, जसमा मजाकिया अन्दाजमा ”ए मुस्ताङको स्याउ आयो स्याउ… मुस्ताङको स्याउ खान आउनुस, गाला रातो बनाउनुस भन्दै गरेको देख्न सकिन्छ”। हमालले भिडियो यसो भन्दै गर्दा उनी सामु भएका सबै जना हाँस्दै रमाई रहेको देख्न सकिन्छ । नायक हमाल आज पनि हिट एन्ड फिट हुनुको साथै कुनै न कुनै रुपमा दर्शकहरुलाई मनोरञ्जन दिन सक्रिय भएको देखिन्छ।

 

Posted by Rajesh Hamal on Sunday, November 8, 2020

तपाईको प्रतिक्रिया

...र यो पनि