Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

अमिताभ बच्चन र अजय देवगन सात वर्षपछि एकसाथ स्क्रीन शेयर गर्दै

बलिउड माहानायक अमिताभ बच्चन र अभिनेता अजय देवगन सात वर्षपछि एकसाथ आउँदै छन्। रोमान्चक ह्यूमन ड्रामा फिल्म ‘मे डे’मा अमिताभ र अजय स्क्रीन शेयर गर्दैछन। भारतीय संचार माध्यमका अनुसार चलचित्र ‘मे डे’ मा नायक अजय देवगन एक पायलटको भूमिकामा देखापर्दै छन भने अमिताभको भूमिका बारे हाल सम्म कुनै जानकारी नभएको , साथै अजयले नै फिल्मको निर्माण तथा निर्देशन गर्ने पनि जानकारी दिएको छ। फिल्मको अन्य कलाकारहरुको छनोट हुन बाकी रहेको छ भने ,फिल्म आउने डिसेम्बरबाट हैदराबादमा सुरू हुने जानकारी पनि भारतीय संचार माध्यमले दिएको छ।

अजय देवगन र अमिताभ बच्चनले यो भन्दा अगाडी ‘मेजर साब’, ‘खाकी’, ‘सत्याग्रह’,र ‘हम किसी से कम नही’ जस्ता चलचित्रमा काम गरि दर्शकहरुलाई मनोरंजन दिइसकेका छन्।

तपाईको प्रतिक्रिया