Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

अब्बल स्वर, शब्द र संगीतको संयोजन भएको गीत ‘सपनी मै आउनु’ रिलिज

डेढ दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका गायक सुरेन गौतमले ‘सपनी मै आउनु ’ बोलको गीतको लीरीकल भिडियो सार्वजनिक गरेका छन् । वरिष्ठ गीतकार तथा संचारकर्मी राम अविरलको शब्द र बिक्रम थापाको संगीत र चर्चित संगीतकार अर्जुन नेपालीको संगीत संयोजन रहेको यस लीरीकल भिडियोको निर्माण शुभ जीवन इन्टरटेनमेन्टले गरेको छ ।
‘रेशमी पर्दाले छेकेन’ ‘पिरती लरी लै’ , “छेक्यो डाँडा कुहिरोले” लगायतका चर्चित गीतहरु गाएर युवामाझ चर्चा बटुल्न सफल गायक सुरेन गौतमले लोक पप, आधुनिक, पप सबै विधाका गीतलाई उत्तिकै न्याय पुराएर गाउन सक्छन | उनले हालसम्म ‘प्रनभ’, ‘शुभ जीवन’, गरी २ वटा एकल एल्बम सार्वजनिक गरेका छन र तेश्रो एकल एल्बम “सुर-संगीत” अर्को बर्ष सम्म ल्याउने तयारीमा छन् । ‘सपनी मा आउनु ’ गीत पनि उनको ‘शुभ जीवन ’ एल्बममा समाहित भएको एक गीत हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि