Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

१५ करोड पारिश्रमिक लिदै दीपिका, शाहरुख संग चलचित्र ‘पठान’ मा जोडीको रुपमा आउदै

किङ्ग खान शाहरुख खानको कम्ब्याक रहने चलचित्र ‘पठान’ मा दीपिका पादुकोण जोडीको रुपमा आउने भएकी छिन।। यस अघि चलचित्र ‘पठान’ को लागि नायक जोन अब्राहाम फाइनल भएका थिए। जोन चलचित्रमा भिलेनको भूमिकामा देखा पर्दैछन। भारतीय संचार माध्यम बलिवुड हंगामाका अनुसार यस फिल्ममा नायिकाको भुमिकाको लागि दीपिकाले लगभग १५ करोड भारु पारिश्रमिक लिएको जानकारी दिएको छ। शाहरुख र दीपिकाको जोडी पर्दामा दर्शकहरुले रुचाएको जोडी हो।

यस राज ब्यानरमा सिद्धार्थ आनंदको निर्देशन रहने एक्शन थ्रिलर चलचित्र आगमी बर्ष दिपावलीमा रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि