Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

चर्चित कलाकार निर्मल शर्मा कोरोना संक्रमित

अहिले कोविड १९ का कारण संसारभरि महामारी भईरहेको छ। नेपालमा पनि दैनिक हजारौंको संख्यामा संक्रमित हुने गरेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यसरी भयावह रुपमा फैलिएको कोरोनाबाट चर्चित कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा पनि संक्रमित हुन पुगेका छन। शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट उनले पिसिआर परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्। उनले ”आजबाट १४ दिन पुर्ण रुपमा घरमै बसी यो कोरोनाबाट मुक्त हुने प्रयास गर्नेछु,यो २/३ दिनमा म संग संपर्कमा रहनु हुने कसैलाई लक्षण देखा परे टेस्ट गरी सुरक्षित रहन हार्दिक अनुरोध गर्दछु” भन्दै आफुलाई सामान्य ज्वोरो बाहेक अन्य कुनै लक्षण देखा नपरेको पनि जानकारी दिएका छन।

 

कलाकार निर्मल शर्मा चर्चित हास्य टेलिसिरियल ‘तितो सत्य’ मा ‘गैंडा’ को भूमिका निर्वाह गरेपछि चर्चामा आएका हुन्।

तपाईको प्रतिक्रिया

...र यो पनि