Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

मिलिंद सोमन बिरुद्ध न्यूड तस्बिर पोस्ट गरेकोमा  एफआईआर दर्ता

बलिउड कलाकार तथा मोडल मिलिंद सोमन बिरुद्ध सामाजिक संजालमा अश्लिल फोटो पोस्ट गरेकोमा  एफआईआर दर्ता भएको छ। भारतीय संचार माध्यमका अनुसार मिलिंद सोमनले आफ्नो जन्मदिनको अवसरमा सामाजिक संजालमा समुन्द्री किनारमा बिना कपडा (न्यूड) दौडीरहेको तस्बिर पोस्ट गरेका थिए। जसलाई धेरैले उनको फिटनेसको प्रसंशा गरेका छन् भने केहिले अश्लिललता फैलाएको भन्दै बिरोध पनि गरेका छन। ५५ बर्षे कलाकार तथा मोडल बिरुद्ध गोवा पुलिसले आईपीसी सेक्शन २९४ र ६७ अन्तर्गत केश दर्ता गरेको जानकारी पनि भारतीय संचार माध्यमले गराएको छ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि