Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘कत्ति मिठो’मा रुक्मान लिम्बु र वर्षा सिवाकोटी (भिडियो)

संगीत बुझ्नेहरुका लागि संगीत आफैमा एक नशा हो। नेपालमा संगीतमा लाग्न चाहनेहरुको लगाव र लगानी देख्दा अझ त्यो कुरा प्रस्ट हुन्छ। संगीतको बजार सानो छ, अझ भिडियो अडियो आधिकारिक रूपमा किनेर सुन्ने जमाना नरहेपछि लगानी उठाउने ठाउँ कि त स्टेज कि त युट्युव बन्न पुगेको छ। समय फेरिएको छ, आफ्नो क्रीयशनमा लाखौ लगानी गरेर भोलिको सुनौलो भविष्यको कल्पनामा कलाकारहरु निरन्तर अघि बढिरहेका छन् ।

यसैक्रममा गायिक खुशी थुलुङको स्वर रहेको नयाँ म्युजिक भिडियो कत्ति मिठो सार्वजनिक भएको छ । गीतको शब्द डीपी खनालले लेखेका हुन भने गीतमा संगीत बिक्रम राईको रहेको छ । गीतमा फबिन्द्र राईको एरेन्ज्मेन्ट छ । बिकास दाहालकोे सम्पादन र निसल पौडेलको छायांकन रहेको भिडियोमा रुक्मान लिम्बु र वर्षा सिवाकोटीको अभिनय रहेको छ भने निर्देशक युवराज वाइबाको निर्देशनमा भिडियो निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि