Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

अर्नब गाेस्वामीकाे समर्थनमा नायिका कंगना रनावत

बलिउडकी रानी भनेर चिनिएकि नायिका कंगना रनावतले अर्नब गाेस्वामीकाे समर्थनमा बाेलेकी छिन्। नायिकाले गाडिभित्रबाट भिडियाे बनाउँदै आफ्नाे आक्राेश महाराष्ट्र सरकारसँग व्यक्त गरेकि हुन्। रिपब्लिक मीडिया नेटवर्कका एडिटर इन चीफ अर्नब गाेस्वामीलाई बुधवार पुलिसले गिरफ्तार गरेपछि नायिकाले इन्टाग्राममा भिडियाे राख्दै भनेकी छिन् “महाराष्ट्र सरकारलाई साेध्न चहान्छु तपाईले अर्नवकाे घरमा गएर उसलाइ पिट्नुभयाे,उसकाे कपाल तान्ने काम गर्नभुयाे, तपाईं कतिकाे घर ताेड्नु हुन्छ? कतिकाे घाँटी समाउँनु हुन्छ? कतिकाे आवाज बन्द गर्नुहुन्छ ? याे आवाज झन बढ्छ,हामीभन्दा पहिला कतिलाई स्वतन्त्र बाेल्दा झुन्डाउनुभयाे तर केही छैन अर्नवलाई समाएर कतिकाे आवाज बन्द गर्नुहुन्छ, जति आवाज बन्द गर्नुहुन्छ त्यति नै आवाज झन बढ्छ” । नायिका पछिल्लाे समय आफ्नाे इन्टाग्राममा सक्रिय रुपमा विभिन्न जानकारी दिँदै आईरहेकि छिन् जसले गर्दा धेरै आलाेचना हुँदै आएकाे छ ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि