Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बिपना थापाको ‘करवा चौथ’ यस्तो रहयो

नेपालि चलचित्र क्षेत्रको कुनै एक समयकी चर्चित नायिका हुन् बिपना थापा । उनले चिकित्सक पेशामा आबद्द आशुतोष भारदुवाज़ संग बिवाह गरि भारतको बुहारी भएकी हुन्। करिब १२ वर्ष अगाडी बिवाह बन्धनममा बाधिए संगै उनी भारतको मथुरामा बस्दै आएकी छिन। हाल उनको सन्तानको रुपमा ११ बर्षे एक छोरा कुशाग्र भारदुवाज़ छन्। बिवाह पछि बिपनाले नेपाली चलचित्र क्षेत्रलाइ चटक्कै छोडेर भारतमा गृहजीवनमा ब्यस्त भईन। हालै भारतीय विवाहित नारीहरुको करवा चौथ पर्व सम्पन्न भएको छ। यसै क्रममा नेपाली छोरी तर भारतकी बुहारी भएको नाताले नायिका बिपना थापाले पनि आफ्नो करवा चौथ पर्व मनाएकी छिन। सामाजिक संजाल इन्स्टाग्राममा  करवा चौथ पर्वमा आफ्नो पति सहित  करवा चौथ पर्व मनाएको फोटो सेयर गरेकी छिन। उक्त तस्बिरमा बिपनालाई भारतीय परम्परागत भेषभुषामा सजिएकी देख्न सकिन्छ। भारतीय हिन्दु संस्कृति अनुसार विवाहित नारीले आफ्नो पतिको दिर्घायु जीवनको  लागि यो पर्व मनाउने प्रचलन रहिआएको छ।

आफ्नो रगत मै अभिनय भएको बताउने बिपना छिट्टै नै चलचित्र क्षेत्रमा फर्केर आउने पनि भन्ने गर्छिन । विपनाले माइली,माटो बोल्छ,आगो ,आफ्नो मान्छे ,गाउले जस्ता चलचित्रहरुमा जिवन्त अभिनय गरि दर्शकको मन जित्न सफल भएकी थिईन।

तपाईको प्रतिक्रिया

...र यो पनि