Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

बिशाल, समिक्षा अभिनित डि.पीको ‘सुनन स्विटहार्ट’ रिलिज (भिडियो )

चर्चित गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको ‘सुनन स्विटहार्ट’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ । गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गर्नुभएको छ ।
टिकटक स्टार साथै गायिका समिक्षा बस्नेतको अफिसियल युट्युब च्यानल “Samikshya Basnet” बाट सार्वजनिक भएको गीतको भिडियोमा बिशाल रेग्मी, समिक्षा बस्नेत र कुमार पाण्डेको अभिनय देख्न सकिन्छ ।
सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि