Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

साम्राज्ञी राज्यलक्ष्मी प्रेमीसँगै म्यूजिक भिडियोमा

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको हट स्टार नायिका हुन्। विगत १ बर्षदेखि साम्राज्ञीलाई चलचित्रमा दर्शकहरुले देख्न नपाए नि अब भने उनलाई म्यूजिक भिडियोमा देख्न पाउने भएका छन। साम्राज्ञीले  ‘तिमी र म’ बोलको गीतको भिडियोमा अभिनय गरेकी छिन ।‘तिमी र म’ बोलको गीत नायिका साम्राज्ञीको आफ्नै आमा अर्थात् नेहा आर एल शाहले गाएकी हुन्। विराज गौतमको शब्द तथा संगीतमा तयार भएको गीतलाई नेहाले आधुनिक पप शैलीमा प्रस्तुत गरेकी छिन् ।

म्यूजिक भिडियोमा साम्राज्ञी संगै उनको प्रेमी देवांश जंगबहादुर राणाले पनि अभिनय गरेका छन्। ‘तिमी र म’ बोलको गीतको भिडियो बोधी एच डी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि