Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

ऋतिक रोशन हलिवुड ‘एक्शन थ्रिलर’ फिल्ममा आउन सक्ने

बलिवुड अभिनेता ऋतिक रोशन आफ्नो डान्स र अभिनयबाट सबैको मनमा बस्न सफल भएका नायक हुन्। उनको लोकप्रियता दिन- दिनै बढीरहेको बेला अब हलिवुड चलचित्र जाने तयारीमा छन। भारतीय संचार माध्यमका अनुसार ऋतिक छिटै हलिवुड एक्शन थ्रिलर फिल्मको लीड रोलमा आउन सक्ने जानकारी दिएको छ। हालै ऋतिकले हलिउड चलचित्रको लागि अडीशनको टेप रेकर्ड दिएको र सब ठिक ठाक रहेमा उनि हलिवुड एक्शन थ्रिलर फिल्मको लीड रोलमा आउन सक्ने भारतीय संचार माध्यमको दाबी छ। तर अहिले सम्म चलचित्रको नाम के हो,ऋतिकको भूमिका के हुनेछ भने अधिकारिक रुपमा केहि जानकारी नआइसकेको पनि भारतीय संचार माध्यमले जनाएको छ।

वार’ चलचित्रको सफलता पछी उनि ‘कृष ४’ ल्याउने तयारीमा छन।

तपाईको प्रतिक्रिया

...र यो पनि