Date
आइत, फाल्गुन २३, २०७७
Sun, March 7, 2021

फ्यानले मनाए आकाशको जन्मदिन, भावुक मुद्रामा आकाश, पुजासँग औंठी साटासाट

नायक आकाश श्रेष्ठको जन्मदिन पारेर पुजा शर्मा–आकाश श्रेष्ठ (पुआ) फ्यान क्लबले विशेष कार्यक्रम गरेको छ । ३ वर्षदेखि निरन्तर पुआ फ्यान क्लबले पुजा शर्मा र आकाश श्रेष्ठको जन्मदिनलाई चाडपर्व मनाए जस्तै गरी मनाउदै आएकाछन् । यो वर्ष पनि क्लबले आकाश श्रेष्ठको जन्मदिन मनाएकाछन् । पुजा शर्माको जन्मदिन भने लकडाउनको कारणले भिडियो च्याटमा नै सिमित भएको थियो । त्यसैले आकाशकै जन्मदिनमा पुजाले पनि सँगै केक काटिन् ।

यहि अवसर पारेर आकाशको हातबाट क्लबले क्यान्सर पिडित सियोनालाई १ लाख १७ हजार नगद सहयोग गरेका छन् । उक्त अवधिमा आकाश भावुक मुद्रामा पुगे । फ्यानहरुले पुजा र आकाशको जोडी जीवनभर देख्न पाइयोस् भनेर इच्छा समेत व्यक्त गरे । फ्यान क्लबको उपहार स्वरुप प्राप्त औंठी पनि एकअर्काले साटासाट गरे । “उहाँहरुको खुशी नै हाम्रो लागि सबै थोक हो” भन्दै पुजाले थपिन्, “पुआ फ्यान क्लब मन भएको क्लब हो । हामी मायाले नै बाँचिरहेका छौं । एकअर्कलाई केहि पर्यो भने हामी जाइलाग्न पनि तयार छौं ।”

क्लबका सदस्यहरुले पुजा र आकाशलाई विभिन्न उपहारहरुका साथै अपार माया पनि दिएका छन् र यसरी नै निरन्तर जन्मदिन मनाउन पाए खुशी हुने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि