Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

चलचित्र ‘कृष्ण लिला’मा श्रद्धा क्षेत्री अनुबन्धित

चलचित्र ‘कृष्ण लिला’मा हालै नायिका परिवर्तन भएको छ । पहिले नायिका दिपिका प्रसाई फाइनल भएको फिल्ममा अब श्रद्धा क्षेत्री भित्रिएकी छिन् । आफ्नो स्वास्थ्य अवस्थामा समस्या देखाउदै नायिका दिपिकाले चलचित्रबाट हात झिकेको भन्ने जानकारी निर्माण पक्षले दिएको छ । अब फिल्ममा पुष्प खड्काको जोडीका रुपमा श्रद्धा हुुनेछिन् । उनी चलचित्रमा लिलाको भूमिकामा देखा पर्दैछिन ।

श्रद्धा क्षेत्री लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । दिपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लिला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ्ग, रबिन्द्र झा, नवीन रेग्मी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि