Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

अभिनेता विजय राज महिला छेडछाड आरोपमा पक्राउ

बलिउड अभिनेता विजय राजलाई ३० वर्षे महिलालाई जिस्काएको आरोपमा पक्राउ गरिएको थियो यद्यपि,  उनले स्थानीय अदालतबाट जमानत पाएका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार विजय राजलाई क्रुकी महिला सदस्यले उत्पीडनको आरोप लगाएको हो । उनलाई महाराष्ट्रको गोंडियामा एक होटलबाट मंगलबार बिहान पक्राउ गरिएको थियो। अभिनेता विजय विद्या बालनको मुख्य भूमिका रहेको चलचित्र ‘शेरनी’को सुटिङको क्रममा गोंडियामा एक होटलमा बसेका थिए। ५७ वर्षका विजय राजले रन ,धमाल, वेलकम, दीवाने हुए पागल, रघु रोमियो,मुम्बई एक्सप्रेसजस्ता फिल्ममा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि