Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

भिटेनलाई पक्राउ नगर्नु- उच्च अदालत

पाटन उच्च अदालतले र्‍यापर भिटेन उर्फ समीर घिसिङलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्युरोको नाममा आदेश गरेको छ । अदालतले गीत संगीतको विषयमा फौजदारी कानुन आकर्षित नहुने भन्दै भिटेनलाई पक्रन नमिल्ने आदेश जारी गरेको हो । ‘पारा’ भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले एक हप्ताअघि भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई चिठी लेखेको थियो ।

त्यस लगत्तै आफ्नो युट्युब च्यानलमा गीत प्राइभेट गरेका भिटेनले माफी नामा सहित प्रेसविज्ञप्ती जारी गर्दा पनि प्रहरीले खोजी जारी राखेपछि निषेधाज्ञाको माग गर्दै भिटेन दुई दिनअघि अदालतको शरणमा पुगेको थिए । भिटेनको रिट निवेदनमा अदालतले उनको पक्षमा फैसला गरेको हो ।

एक वर्षअघि पनि र्‍यापका विषयमा उनी विवादमा परेका थिए । यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द प्रयोग भएको भिडियो सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । अबदेखि त्यस्तो शब्द प्रयोग गरेर भिडियो निर्माण नगर्ने सर्तमा प्रहरीले उनलाई रिहा गरेको थियो ।

तपाईको प्रतिक्रिया

...र यो पनि