Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

कोरोनाको कारण ‘परदेशी २’को छायाँकन रोकियो

कोरोना भाइरसको महामारीको कारण अहिले नेपाली चलचित्र क्षेत्रलाइ पनि ठुलो असर परेको छ। गत चैत्रमा सरकारले गरेको लकडाउनका कारण रोकिएको फिल्म ‘परदेशी २’को छायाँकन अझै सुरु हुन सकेको छैन । फिल्मको ५० प्रतिशतभन्दा बढी छायाँकन अझै बाँकी छ । दसैँ लगत्तै छायाँकन सुरु गर्ने तयारीमा निर्माण पक्ष भएता पनि फिल्म छायाँकनका लागि सरकारले अनुमति नदिँदा काम सुरु गर्न नसकेको भनाइ निर्माण पक्षको रहेको छ। फिल्मको महत्त्वपूर्ण सिन अमेरिकामा खिच्नु पर्ने भएकाले सुटिङका लागि अनुकूल समयको प्रतिक्षामा रहेको जानकारी निर्माण पक्षले दिएका छन। विदेश पढ्न गएका विद्यार्थी, उनीहरुको दुःख र संघर्ष बिषय बस्तु समेटेर बनाएको चलचित्र यसै वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो ।

गायक प्रकाश सपुत परदेशी २’ बाट नेपाली चलचित्र जगतमा डेब्यु गर्दै छन। नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, गायक प्रकाश सपुत, प्रशान्त तामाङ, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । ‘परदेशी २’ ब्यवसायिक सफल फिल्म परदेशीको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो।

 

तपाईको प्रतिक्रिया

...र यो पनि