Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

मदनकृष्ण श्रेष्ठको कोरोना अनुभव

हरिबंशलाई कोरोना पोजेटिभ भैसकेकोरहेछ यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन। उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि बिचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन सङ्कासम्म पनि नहुनु स्वाभाबिकै थियो ।

हामी त दुई दिनसम्म मज्जाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेरसम्म चढेर हिंडीरहेका थियौं । भोलीपल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त …! ? भन्दा त लौ मार्यो …

एक छिन त म पनि झसंग भएँ, किनभने हरिबंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठ्ठो कवाफ बराबर हुन सक्छ । तर मेरो स्वास्थ्यमा कोरोनाको कुनै लक्षण देखापरिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें । एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो ।

कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन ।  तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोच्दा गाडीमा चढेका हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।

त्यसपछि लाग्यो मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन विशेष ध्यान दिनु होला है ।

साभार: मदनकृष्ण श्रेष्ठको फेसबुक पेज

तपाईको प्रतिक्रिया