Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

कपिल शर्मा शोमा अक्षय कुमारको ‘सिल्भर जुबली’

नायक अक्षय कुमार आफ्नो नयाँ फिल्म ‘लक्ष्मी’ को प्रोमोशनका लागि कियरा आडवाणीसँग कपिल शर्माको शोमा पुगेका थिए। यो कार्यक्रममा अक्षय हाल सम्म २५ पटक पाहुनाको रुपमा आइसकेका छन। यसै संगै कपिल शर्मामा सबै भन्दा बढी पाहुनाको रुपमा आउने सेलेब्रेटि बन्न सफल भएका छन। एक बर्षमा करिब ४ चलचित्र सहित पर्दामा आउने नायक कुमार हरेक पटक प्रोमोशनका लागि कपिल शर्माको शोमा पुग्ने गरेका छन। शोमा नायकको सिल्भर जुबली हुँदा शोका सबै सदस्यले उनलाई उपहार दिएका थिए भन्ने हाल सम्म उनको शोमा रमाइलो पलहरुलाई देखाइएको थियो। कपिल शर्माको शोमा हरेक पटक आउदा रमाइलो गर्ने अक्षयले आफुलाई उपहार दिने सबैलाई धनेबाद दिदै शोका हरेक कलाकारहरुले आज सम्म सबैको जीवनमा मुस्कान र खुशी दिएकोमा प्रसंशा पनि गरेका थिए।

राघव लरेन्स को निर्देशन मा बनेको चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया