Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘चिलगाडी’मा नाजिर हुसेन

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९)को संक्रमणबाट प्रभावित नहुने सायदै होलान् । यहि कारणले नेपालमा ७ महिनादेखि चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् ।

यहिक्रममा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र फूलपातीको शुभ दिन पारेर औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने चलचित्रको नाम ‘चिलगाडी’ राखिएको छ । मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको छ भने नायिकाको खोजी भइरहेको जानकारी निर्माण टिमले फिल्मीइन्फोलाई दिएको छ ।


सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष संदेश समेत बोक्ने छ । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन् । सागर प्रधानले छायाँकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राविधिकहरु फाईनल हुन बाँकी रहेको छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि