Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

प्रविशा अधिकारीको ‘उड्यो रे मेरो मन’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकप्रिय गायिका प्रविशा अधिकारी र गायक निराजन कडेलको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान (बाबु) ले संगीत संयोजन गरेका हुन्। कालिञ्चोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा (धुर्ब) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ। यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६ बढी म्युजिक भिडियो र ‘परिक्षा’ नामक एल्वम सार्वजनिक गरिसकेका छन।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया