Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

५५ वर्ष पुगे साहरुख, चलचित्र ‘पठान’बाट कमब्याकको तयारी

बलिउडका बादशाह, ‘साहरुख खान’ आजबाट ५५ वर्षमा प्रवेश गरेका छन् । नोभेम्बर २, १९६५ मा उनकोे जन्म दिल्लीमा भएको थियो । करिअरको सुरुवात टेलिभिजनबाट गरेका साहरुखले चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका हुन् भने करिब ३ दशकसम्म आइपुग्दा पनि उनको लोकप्रियता कायमै छ ।

रोमान्सका बादशाह साहरुखले अभिनय गरेको चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ २५ बर्षदेखि भारतमा रिलिज भैरहेको छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणको क्रममा साहरुख अभिनित यस चलचित्रको डायलग ‘बडे बडे दशों मे यसी छोटी छोटी बातें होती रेहेती हें’ को केहि अंश बोलेर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

एउटा सामान्य परिवारबाट जन्मिएर बलिउडमा प्रवेश गरेका साहरुख आज विश्वको दोश्रो धनी कलाकार हुन् । साहरुखले अभिनय गरेका चलचित्रहरुमा ‘डर, कुछ कुछ होता हे, बाजिगर, दिलवाले दुल्हनिया ले जायंगे, मोहब्बते, कोइला, करण अर्जुन, ओम शान्ती ओम, डन, चेन्नाई एक्सप्रेस लगायत अन्य थुप्रै चलचित्रहरु चर्चामा रहे ।
साहरुखको जन्मदिनको अवसरमा उनका फ्यानहरुले सधै नै उनको घर ‘मन्नत’को अगाडि सेलिव्रेशन गर्ने गरेका थिए । तर, यसपटक कोभिडका कारण साहरुख आफैले फ्यानहरुलाई घर अगाडि आएर बर्थ डे सेलिव्रेशन नगर्न आग्रह गरेका छन् ।

किङ खान एक वर्षको अन्तरालपछि ‘पठान’ चलचित्रबाट बलिउडमा धमाकेदार कमब्याक गर्ने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि