Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

‘छक्का-पन्जा’ टिमबाट जितु नेपाल अलग भएको अफवाह मात्र

हाँस्य विधाका फिल्महरू निर्माण गर्दै आएको ‘छक्का-पन्जा‘ टिमलाइ नेपाली फिल्म क्षेत्रको सफल र शक्तिशाली टिम मानिन्छ । ‘६ एकान ६’देखि पछिल्लो रिलिज फिल्म ‘छ माया छपक्कै’ सम्म आइपुग्दा यो टिमले बनाएका हरेक फिल्मले बक्सअफिसमा सफल रहेका छन् । यो टिममा चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), शिवहरि पौडेल लगायत कलाकार छन्।हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको हाँस्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब २’ मा कार्यक्रमका पूर्व अध्यक्ष दीपाश्री निरौला हटेर नायिका करिश्मा मानन्धर भएसँगै जितु र छक्का-पन्जा टोलीबिच खटपट रहेको समाचार बाहिरिएका छन्।

महानायक राजेश हमाल प्रति गलत अभिव्यक्ति दिएको कारण दीपाश्री  विवादमा मुछिएपछि उनी शोबाट बारिएकी थिइन् । विवादपछि विज्ञापनदाताले समस्या उत्पन्न भएको भन्दै दीपाश्रीलाई अध्यक्षबाट हटाउन दबाब दिएका थिए । तर, ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्रीलाई हटाउनुमा जितुको नै प्रमुख हात रहेको भन्ने बुझाइ ‘छक्का-पन्जा टिमको रहेको र यसैको प्रतिसोधमा दीपक-दीपाले ‘छक्का-पन्जा’ टिमबाट जितुलाई हटाउने निर्णय गरेको भन्ने हल्ला अहिले चौतर्फी चलिरेहेको छ। तर यो टिमबाट जितु नेपाल अलग भएको भनी केवल हल्ला मात्र भएको र आफुहरु अझै पनि एकै टिममै रहेको जाकारी जितु नेपाल र दिपक राज गिरीले दिएका छन। तर मुन्द्रेको कमेडी क्लबमा केहि हेरफेर भएजस्तै छक्का-पन्जा टिममा पनि केहि कलाकारहरु थप्ने जानकारी दिपक राज गिरीले दिएका छन। छक्का-पन्जा ’ टिममा शिवहरी पौडेल, निर्मल शर्मा विल्सन विक्रम राईको प्रवेश गराई टिमलाइ अझै बलियो र ठूलो बनाउने योजना दिपकराजको रहेको पनि जानकारी दिएका छन।

 

तपाईको प्रतिक्रिया

...र यो पनि