Date
बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

भिटेनले माफी मागे

भिटेन (समीर घिसिङ)को नयाँ र्‍याप ‘पारा’ यतिबेला विवादमा फसेको छ। भिटेनको युटुव च्यानलमा सार्वजनिक गरेको गीतका आपत्तिजनक शब्दलाई लिएर आलोचना गर्दै प्रहरी प्रधान कार्यालयले भिटेनलाई कारबाही गर्न साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो । भिटेनले उक्त नयाँ र्‍याप ‘पारा भिडियोमा प्रहरीलाई ‘डण्ठे’ भन्दै होच्याइएको,गाली गर्नुको साथै प्रहरीको गाडी विस्फोट गराएको भिडियोमा देखाइएको थियो। प्रहरीले भिटेनलाई खोज्न थालेपछि उक्त भिडियो युट्युबमा हेर्न नमिल्ने बनाइएको थियो। हालै एउटा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भिटेनले माफी मागेका छन् । आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट उक्त गीतमा आपत्तिजनक शब्द हटाई, संशोधित गीत सार्वजनिक गर्ने बताउनुका साथै माफी पनि मागेका छन्। यसअघिको सार्वजनिक भएर युट्युबबाट हटाइएको गीत अनाधिकृत रुपमा अन्य च्यानलमा नराख्न समेत आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

...र यो पनि