Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

बद्री विष्ट र रियाषा दाहाल फिचर्ड ‘प्रेमिका’ सार्वजनिक (भिडियो)

चर्चित डान्स स्टुडियो ‘डी वाक’को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ‘प्रेमिका’मा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री विष्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन ।
बद्री विष्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता डी वाक’ले यो भिडियोलाइ पनि पहिलाको भिडियो हरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको छ ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि