‘जेम्स बन्ड’ भूमिका निभाएका सर सीन कोनरीको निधन

हलिउड फिल्म ‘जेम्स बोन्ड’ सिरिजको पहिलो फिल्ममा जेम्स बोन्डको भूमिकामा अभिनय गर्ने दिग्गज अभिनेता सर सीन कोनरीको निधन भएको छ। कोनरीको निधन ९० वर्षको उमेरमा उनकै घरमा भएको हो। जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता कोनरी पछिल्लो केही दिनदेखि बिरामी थिए। सन् १९३० २५ अगस्टमा एडिनबरामा जन्मेका अभिनेता सर सीन कोनरीले जेम्स बोन्ड सिरिजका ७ वटा फिल्ममा काम गरेका थिए। एक पटक ओस्कार अवार्डसमेत जितेका उनि स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र हुनुपर्ने पक्षमासमेत रहेका थिए।
थप समाचार

तपाईको प्रतिक्रिया