Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

हरि खड्का ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट बाहिरिए

हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को शोबाट राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का बाहिरिएका छन। हरि खड्का र उनको कोरियोग्राफर पार्टनर यूमी बलामी जोडीको रुपमा हाल सम्म शोमा ६ वटा प्रस्तुती दिएका थिए । यो साता हरि खड्कायूमी बलामी, प्रियना आचार्यसुभम् भुजेल, प्रशान्त ताम्राकारस्वेत्ना योञ्जन सहित ३ जोडी बटम ३ मा परेका थिए। शोको नियम अनुसार जजको मत र दर्शकको भोटको आधारमा एक जना प्रतिस्पर्धीले मञ्च छाडेर जानु पर्ने हुन्छ। ‘डान्सिङ विथ दि स्टार्स ‘ले गर्दा अहिले को जेनेरेसनले पनि हरि खड्कालाइ चिनाउने मौका दिएको,नाच्न नै नजानेको मान्छे आएर अलि अलि नाच्न जान्ने भएकोमा आफ्नो हार होइन जित भएको भन्दै सम्पूर्ण साथ दिने दर्शकहरुलाइ धनेबाद दिदै बिदा भएका थिए।

हरि खड्का बाहिरिएसँगै अब शोमा जना स्टार्स र उनीहरुको कोरियोग्राफर पार्टनर रहेका छन् । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्लरेनशा वान्तवा राई रहेका छन् ।

तपाईको प्रतिक्रिया